पाल्पा। प्लास्टिक प्रयोगमा न्यूनीकरण र वातावरणीय प्रदूषण कम गर्न शनिबार पाल्पामा प्लगिङ म्याराथन प्रतियोगिता सम्पन्न गरिएको छ। रोट्र्याक्ट क्लब अफ पाल्पा लुम्बिनीले रोटरी क्लब अफ पाल्पा लुम्बिनीको समन्वयमा पहिलोपटक फरक ढंगको म्याराथन आयोजना गरेको हो।
म्याराथनमा सहभागीले तानसेन बजार क्षेत्रको ४ किलोमिटर दूरी दौडिनुका साथै प्लास्टिक, मास्क र अन्य फोहोर संकलन गरेका हुन्। उक्त म्याराथन कार्यक्रममा जिल्लाका १९ विद्यालयका ५७ जना सहभागी भएका थिए।
उनीहरूले तोकिएको सडकमा दौडिनुका साथै किनारमा जथाभावी फालिएका प्लास्टिकजन्य फोहोर संकलन गरेको आयोजक क्लबले बताएको छ। सोही म्याराथनबाट ८० किलो फोहोर संकलन भएको छ ।