काठमाडौं। तराई जिल्लामा सञ्चालित हुलाकी राजमार्ग निर्माण गर्न ६ अर्ब ७ करोड बजेट विनियोजन गरिएको छ। आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थ मन्त्री जनार्दन शर्माले हुलाकी राजमार्ग निर्माण गर्न ६ अर्ब ७ करोड बजेट विनियोजन गरिएको हो।
निर्माणाधिन ३ सय किलोमिटर कालोपत्रे र २४ पुलको निर्माण कार्य सम्पन्न गर्न सो बजेट विनियोजन गरिएको छ। यस्तै थप ६७ वटा पुल निर्माण कार्य सुरु गरिने भएको छ।