काठमाडौं। काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रको सरसफाइ र वातावरणीय सुधारका लागि १ हजार १५० जनशक्ति थप गरेको छ।

प्रधानमन्त्री रोजगार कार्यक्रमबाट आएका र दैनिक ज्यालादारीमा लिएर जनशक्ति थपेको काठमाडौं महानगरपालिकाले जानकारी दिएको छ।

अहिले थपिएका जनशक्तिले सडक र किनारा सफाइ गर्ने, फोहोर बटुल्ने, किनाराको झार उखेल्ने, बर्खे पानी बग्ने नालीमा जम्मा भएको माटो निकाल्ने, बोट विरुवा गोडमेल गर्ने, काँटछाँट गर्नेजस्ता काम गर्ने गरेको महानगरले जनाएको छ।


सहरी व्यवस्थापनमा गर्न साजिलो होस् भनेर नगर प्रहरी बललाई महानगरले ५ क्षेत्रमा बाँडेर परिचालन गरेको बताइएको छ।

पूर्व क्षेत्रमा छ वटा वडा, पश्चिम क्षेत्रमा पाँच वटा वडा, उत्तर क्षेत्रमा सात वटा वडा र मध्य क्षेत्रमा १३ वटा वडा छुट्टयाइएका छन्।








