मोरङ। विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले विराटनगर–५ स्थित हुलाकी सडक निर्माणलाई गति दिन निर्माण कम्पनीलाई निर्देशन दिएका छन् ।
निर्माण कम्पनीका प्रतिनिधिलाई महानगरमै बोलाएर उनले स्थानीयवासीले धेरै सास्ती व्यहोर्नु परेकाले छिटो निर्माण गर्न निर्देशन दिएका हुन्।
विराटनगर–५ स्थित गणेशचोकबाट केशलिया पुलसम्मको ३.१९५ किलोमिटर हुलाकी सडक निर्माणमा देखिएको समस्याका विषयमा निर्माण कम्पनीका प्रतिनिधिसँग कोइरालाले छलफल गरे। स्थानीय जनताको समस्यालाई बुझेर छिटोभन्दा छिटो सडक निर्माण सम्पन्न गर्न कोइरालाले निर्माण कम्पनीलाई निर्देशन दिएका छन्।