ताप्लेजुङ। जिल्लाको फुङलिङ नगरपालिकाले सडक क्षेत्रभित्र पर्ने संरचना हटाउन निर्देशन दिएको छ। नगरपालिकाले एक सूचना जारी गर्दै सडक क्षेत्राधिकारमा पर्ने संरचना आफैं हटाउन सात दिनको समय दिएको हो।
नगरपालिकाले सडक क्षेत्रको संरचना हटाउनका लागि पटकपटक सूचना दिए पनि अटेर गरेकाले अन्तिम पटक ७ दिने निर्देशन दिएको नगरपालिकाले जनाएको छ। सूचना प्रकाशित भएको ७ दिनभित्र सडक वरपरको संरचना नहटाएमा सडक एने अन्तर्गत कारबाही गरिने नगरपालिकाको चेतावनी छ।
नगरपालिकाले सडक बीचदेखि दायाँ र वायाँ दुबै क्षेत्रमा साढे ७ मिटर खाली गर्न निर्देशन गरेको हो।