कास्की। पोखराको मुख्य बजार क्षेत्र महेन्द्रपुलमा अत्याधुनिक सार्वजनिक शौचालय निर्माण गर्न सुरु गरिएको छ। पोखरा महानगरका प्रमुख धनराज आचार्यले सोमबार शौचालय निर्माणका लागि शिलान्यास गरेका हुन्।
महेन्द्रपुलको उत्तरतर्फ रहेको पाँच आना क्षेत्रफलमा शौचालय निर्माणका लागि गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) र पोखरा महानगरबीच साझेदारी भएको छ।
यसका लागि एनआरएनएले ६० लाख र पोखरा महानगरपालिकाले ४० लाख लगानी गर्ने भएका छन्।