पर्सा। वीरगञ्ज महानगरपालिकाले सडक पेटिमा फोहोर फाल्नेलाई जरिवाना तिराएको छ। महानगरपालिकाले गत चैत ३० गते बिहिबार सडक पेटिमा फोहर फ्याल्ने विभिन्न व्यक्ति तथा संस्थालाई जरिवाना गरेको हो।
महानगरले सडकमा फोहोर फाले बापत हस्मुल्लाह ईन्जिनियरिङ ,आल्मुनियम हाउस, अनुज बिल्डर्सलाई रू २५००र२५००, विजय कुमार , सव्बु जी, भगवान प्रसादलाई रु १०००र१००० रओम प्रकाश अग्रवाललाई ५००० जरिवाना तिराएको छ।
यस्तै वैशाख १ गते आरधाना मेडिकल, दिपेन्द्र श्रीवास्तव, जगतलाल सहनी र संगीता परियार लाई रू १०००र१००० हजार जरिवाना तिराएको महानगरले जनाएको छ।