चावहिल ,जोरपाटी ,साखु सडकखण्ड अन्तर्गत विगतमा सडक विस्तारको कार्य भएतापनि ठाउँठाउँमा सानो पुल भएका कारण सवारी आवतजावतमा समस्या हुँदै आएको र बेलाबेलामा दुर्घटना समेत हुने गरेको थियो ।
उक्त कुरालाई मध्येनजर गरी नेपाल सरकार सडक विभाग अन्तर्गत काठमाण्डौं उपत्यका सडक विभाग आयोजनाले आफ्नो कार्य क्षेत्र भित्रपर्ने सो सडक खण्ड अन्तर्गत बाग्मति नदी , महादेव खोला , र मनपता खोलामा पुल निर्माणको कार्य अगाडी बढाइएको छ ।
बाग्मती खोलाको हाल रहेको पुलको एकापट्टी साइडमा ९ मिटर चौंडाइको ६६.८ मिटर लामो पुल निर्माण हुनेछ भने मनमता खोला र महादेव खोलामा दुवैतर्फ ६.६ मिटर चौडाको ४२ मिटर लामो पुल निर्माण हुने छ भने सबै पुल निर्माणको काम ३ वर्षमा सकिने छ ।