काठमाडौं। नेपाल महिला संघको ७६ औँ स्थापना दिवसको अवसरमा गलकोट नगरपालिकामा डष्टबिन वितरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल महिला संघ जिल्ला उपाध्यक्ष भिमकली श्रीसले विगतको कामहरुलाई दोहो¥याउदै औपचारिकता प्रदान गर्नु भन्दा भिन्न काम गर्दा सफलता मिल्ने बताईन्।
उनले बजार व्यवस्थापनको लागि सानासाना कुराहरुलाई ध्यान दिदै हटिया बजारमा फोहोर व्यवस्थापनको लागि डष्टबिन वितरण गरिएको बताएकी छन्। कार्यक्रमको अवसरमा गलकोट नगरपालिका वडा नम्वर ३ का कार्यवाहक वडा अध्यक्ष खिम साहनी र वडा सचिव चन्द्र श्रीसलाई १५ वटा डष्टबिन हस्तान्तरण गरिएको थियो । उक्त डष्टबिन फोहोर व्यवस्थापनको लागि हटियाको विभिन्न स्थानमा राखिने समेत जनाईएको छ ।