पर्सा। वीरगञ्ज महानगरपालिकाले सडकमा फोहोर फ्याँक्ने वडाध्यक्षलाई जरिवाना तिराएको छ । महानगरपालिकाको सरसफाइ शाखाले वीरगञ्ज–६ का वडाध्यक्ष जयप्रकाश शाहलाई २ हजार रुपैयाँ जरिवाना तिराएको हो।
वडाध्यक्ष शाहले घरअगाडि फोहोर फ्याँकेका कारण जरिवाना तिराएको सरसफाइ शाखाका प्रमुख सरफुदिन मियाँले जानकारी दिए।
वडाध्यक्ष शाहले भने आफूसँग राजनीतिक प्रतिशोध साँधिएको आरोप लगाएका छन् । शाहले सामाजिक सञ्जाल फेसबुक मार्फत घरमा राखिएको फोहोर आफूले सफा गरे पनि महानगरपालिकाको नेतृत्व पक्षले राजनीतिक प्रतिशोध साँध्न घटनाको एक दिनपछि नगरप्रहरीले हुलहुज्जत गर्दै जबर्जस्ती जरिवाना तिराउन लगाएको बताए ।