सिरहा। सिरहाको लहान नगरपालिकामा फोहर सङ्कलन गर्न ‘गारवेज ट्रक’ सञ्चालनमा ल्याइएको छ।
नगरपालिकामा आधुनिक किसिमको आठ वटा ‘गारवेज ट्रक’ सञ्चालनमा ल्याइएको हो।
गारवेज ट्रकमा फोहर सङ्कलन गर्न थालिएको लहान नगरपालिकाका प्रमुख महेशप्रसाद चौधरीले जानकारी दिए ।
फोहर सङ्कलन गर्न ट्रयाक्टरभन्दा ट्रक सजिलो तथा सहज हुने नगरपालिकाले जनाएको छ। पहिलो चरणमा वडा नं १ देखि १० सम्मका फोहर ती ट्रकमा सङ्कलन हुने र विस्तारै कार्यविधि बनाएर २४ वटै वडाको फोहर सङ्कलन गरिने बताइएको छ।