काठमाडौं। काठमाडौं महानगरपालिकाले कोटेश्वरमा फोहोर फ्याँकिरहेको अवस्थामा १६ जनालाई नियन्त्रणमा लिएरएको. छ। महानगरले १६ जनालाई नियन्त्रणमा लिएर ७२ हजार रुपैयाँ जरिवाना गरेको हो।
बुधबार विहान महानगरको प्रहरी बलले बाटोमा फोहोर फ्याँकिरहेको अवस्थामा उनीहरुलाई नियन्त्रण लिएको हो। हरेक दिन बिहान ६ बजे फोहोरमैला संकलन गर्ने गाडी उक्त स्थानमा पुग्ने गरेको छ।
दैनिक रुपमा फोहोर उठाउने गाडी आउने भए पनि बाटोमै फ्याँकेपछि उनीहरुलाई जरिवाना गरिएको महानगरपालिकाले जनाएको छ।