जनकपुरधाम। गंगासागर सफाइ अभियानका अभियन्ताले मिथिला सभ्यताको धरोहर जनकपुरधामस्थित गंगासागर सरोवरको शनिबार सफाइ गरेका छन्।
जल संरक्षणको विशेष महत्त्व मनन गर्दै स्वच्छता अभियानप्रति उनीहरूले विगत १० वर्षदेखि निरन्तर जनकपुरधाम क्षेत्रमा सरसफाइ अभियानका साथै निरन्तर वृक्षरोपण पनि गरिरहेका हुन्।
प्रदेश सांसद यादवको नेतृत्वमा जनकपुरधामका धार्मिक सरोवरको सफाइ, सडक किनार, विद्यालय, सार्वजनिक स्थलमा वृक्षरोपण र वृक्ष संरक्षण गरिँदै आएको छ।