पर्सा। वीरगन्ज महानगरपालिकाले चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा जथाभावि फोहोर फ्याँक्नेबाट मात्र ६ लाख बढी राजस्व संकलन गरेको छ। महानगरले सडकमा जथाभावी फोहर फ्याँक्नेसँग चालु आव २०८०/८१ को साउनदेखि हालसम्म विभिन्न व्यक्ति तथा सङ्घसंस्थाबाट छ लाख १७ हजार जरिवाना सङ्कलन गरेको हो ।
महानगर क्षेत्रलाई सुन्दर, सफा, स्वच्छ र पर्यावरणयुक्त नमूना महानगर बनाउने उद्देश्यका साथ नियमित सरसफाइसँगै जथाभावी फोहर फ्याल्नेलाई जरिवाना गर्दै आएको महानगरले जनाएको छ।
महानगरका सडक तथा गल्लीमा जथाभावी फोहर फ्याल्नेसँग जरिवाना तिराउँदै आएको महानगरपालिकाले अब जरिवानासँगै फोहर फ्याँक्नेउपर सार्वजनिक अपराध कसुरसम्बन्धी मुद्दा चलाउने तयारी गरेको समेत जानकारी दिएको छ।