धनगढी। धनगढी उपमहानगरपालिकाले सडकमा फोहर फाल्नेसँग जरिवाना असुली गरेको छ। उपमहानगरपालिकाले सडकमा फोहोर फाल्ने पसल र ब्यवसायीलाई पाँच हजार जरिवाना तिराएको हो।
उपमहानगरको सरसफाई शाखाले आफ्नो मासु पसलबाट कुखुराको प्वाँख सडकमा फालेवाफत सरमान कुरैसीलाई पाँच हजार जरिवाना तिराएको छ।
उपमहानगरपालिकाले पहिलो पटकलाई जरिवाना गरिएको र दोस्रो पटक भेटिए पसल बन्द गराउने चेतावनी समेत दिएको छ।