नवलपरासी पूर्व। नवलपरासी पूर्वको कावासोती नगरपालिका–३ ले टोल विकास संस्थाका प्रतिनिधिलाई सरसफाइका सामाग्री वितरण गरेको छ।
वडा भित्र रहेका ९ वटा टोल विकास संस्थालाई सरसफाइका सामाग्री वितरण गरिएको वडा कार्यालयले जनाएको छ।
टोल विकास संस्थाहरूले सरसफाइ गर्दा सामाग्री अभावका कारण फोहोर संकलनमा समस्या हुने गरेको गुनासो आएपछि सामग्री वितरण गरेको वडा कार्यालयले जनाएको छ।
प्रतिनिधिहरूलाई फोहोर संकलन गरी ओसारपसार गर्ने साधन एक थान, कुचो एक थान, हसिया पाँच थान, पञ्जा, साबेल, गैँतिलगायत सामाग्री प्रदान गरिएको छ।
यस्तै वडाका तीन जना स्वयमसेविकालाई साइकल प्रदान गरिएको छ।