नवलरासी। नवलपरासीको बर्दघाट नगरपालिकाले भोलि सबै वडामा सरसफाइ गर्ने भएको छ । नगरपालिकाले एक सूचना गर्दै शनिबार बिहान ७ बजेदेखि साढे ८ बजेसम्म सरसफाइ गर्ने भएकाले सबैलाई सहभागी हुन आग्रह गरेको हो।
नगर सरसफाई र हरियाली प्रवर्द्धन कार्यक्रम अन्तर्गत सबै वडामा सरसफाइ गर्न लागेको जनाउँदै वडाध्यक्ष र टोल विकास संस्थाका अध्यक्षलाई आआफ्नो वडाको नेतृत्वदायी भूमिका निर्बाह गर्न आग्रह गर्दै पायक पर्ने स्थानमा सहभागिता जनाउन सबैलाई नगरपालिकाले अनुरोध गरेको छ ।
बर्दघाटले प्रत्येक महिनाको पहिलो र अन्तिम शनिबार पालिका क्षेत्रको सरसफाइ गर्दै आएको छ ।