बाँके। नेपालगन्ज उपमहानगरपालिकाले जथाभाबी फोहोर फालेको आरोपमा नन्दादेवी कन्सर्नलाई सडकमा १० हजार रुपैयाँ जरिवाना तिराएको छ ।
संयुक्त बजार अनुगमनका क्रममा सडकमा जथाभाबी म्याद नाघेका औषधि फालेको भेटिएपछि नगरपालिकाले हिजो नन्दादेवीलाई १० हजार रुपैयाँ जरिवाना गरिएको नेपालगन्ज उपमहानगरपालिकाले बताएको छ।
उपमहानगरपालिकाले सडकमा जथाभाबी फोहोर फाले ५ हजार रुपैयाँदेखि १५ हजार रुपैयाँसम्म जरिवाना गर्ने जनाएको छ ।