काठमाडौं। काठमाडौं महानगरपालिकाको वातावरण व्यवस्थापन विभाग र महानगर प्रहरी बलले संयुक्त जनशक्ति परिचालन गरेर बल्खु खोलामा जम्मा भएको फोहोर निकालेका छन् । खोलाको माथिल्लो सतहमा प्लाष्टिक, घरेलु फोहोरको तहलाई निकालेका हुन्।
जेट मेसिनबाट पानीको प्रेसर दिएर उक्त तहलाई निकालिएको थियो। गहिरो ठाउँ भएकोले त्यस ठाउँमा पुग्न बोटको प्रयोग गरिएको थियो । सरसफाइका लागि ४ वटा जेट मेसिनको प्रयोग भयो । ३० जना जनशक्तिले १०० मिटर नदी सफाइ गर्दा १० मेट्रिक टन फोहोर संकलन भएको वातावरण व्यवस्थापन विभागले जनाएको छ।