काठमाडौं। अर्थमन्त्री जनार्दन शर्माले दुई घण्टामा काठमाडौंबाट पोखरा पुग्ने बाटो बनाउने घोषणा गरेका छन्। मोरङ व्यापार सङ्घको ६५ औँ वार्षिक साधारण सभाको उद्घाटन समारोहमा अर्थमन्त्री शर्माले सरकारले दुई घण्टामा काठमाडौंबाट पोखरा पुग्ने बाटो बनाउने कार्यक्रम तयार गर्न लागेको घोषणा गरेका हुन्।
उनले आफूले हावादारी घोषणा गरेको भन्दै घोषणा गरेको काम पूरा गरेरै छाड्ने प्रतिबद्धता समेत व्यक्त गरे। उनले भने, ‘म पहिला ऊर्जा मन्त्री हुँदा लोडसेडिङको अन्त्य गर्छु भनेर घोषणा गर्दा सबैले यो हावादारी कुरा हो भनेर हावामा उडाए । तर त्यो घोषणा पूरा भएरै छाड्यो। म अहिले पनि त्यस्तै हावादारी घोषणा गर्दैछु। काठमाडौंबाट २ घण्टामा पोखरा पुग्ने बाटो बनाउनेछु। यो काम म पूरा गर्नेछु।’
शर्माले नेपालमा उदारवादले असमानता उत्पन्न गरेको हुँदा नयाँ सुधारको आवश्यकता भएको जिकिर गरे।शर्माले नेपालको आर्थिक विकासलाई सामुदायिक रूपमा लैजानुपर्ने धारणा राखे।