काठमाडौं। काठमाडौं महानगरपालिकाले फोहरबाट कम्पोस्ट मल बनाउन थालेको छ । काठमाडौं महानगरपालिका २७ बाट संकलित करिब १४ हजार किलो कुहिने फोहोर टेकु ट्रान्सफर स्टेशनमा कम्पोष्टिङ गरिएको वातावरण व्यवस्थापन विभागले जनाएको छ।
घरेलु फोहरको दिगो व्यवस्थापनका लागि स्रोतमा वर्गीकरण गरी कुहिने फोहरलाई कमपोस्टिङ गर्न थालिएको हो । पाँच हजार जनसंख्या रहेको वडा नम्बर. २७ मा एक हजार ४०० घरधुरीबाट निस्केका फोहरको कम्पोष्टिङ थालिएको हो।
हाल काठमाडौं महानगरपालिका२७ बाट दैनिक कुहिने फोहर करिब ५०० किलोसम्म निस्किन्छ । एक हप्तामा जम्मा भएको फोहरको एक पाइल बनाई एक भाग जैविक फोहर अर्को भागमा टोकोजाइ नामक व्याक्टेरिया मिसाएर कम्पोस्टिङ गर्दा दुर्गन्धरहित हुने विभागले जनाएको छ ।
उक्त मललाई महानगरपालिकाभित्रका विभिन्न पार्क र सडक फूल तथा बिरुवाहरूमा हालिनेछ।