काठमाडौं। सहरी विकासमन्त्री धनबहादुर बुढाले काठमाडौँ उपत्यकाको फोहरमैलाको वर्गीकरण गरी बन्चरेडाँडास्थित ल्याण्डफिल साइटमा जाने फोहरको परिमाणलाई कम गर्ने बताएका छन्। उनले ल्याण्डफिल साइटमा जाने फोहरको परिमाणलाई कम गर्ने गरी स्थानिय तहसँग समन्वय गर्ने बताएका हुन्।
मन्त्रालयमा भएको बैठकमा मन्त्री बुढाले बन्चरेडाँडामा फोहर बिर्सजन गरिरहेका सबै स्थानीय तहलाई यथाशीघ्र फोहरमैला वर्र्गीकरण गरी ल्याण्डफिल साइटमा जाने फोहरको परिमाण कम गर्न सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत परिपत्र गर्ने व्यवस्था मिलाउन निर्देशन दिए।
काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनका लागि अल्पकालीन र दीर्घकालीन कार्ययोजनासमेत कार्यान्वयन गर्न पनि मन्त्री बुढाले निर्देशन दिएका छन्।