मुस्ताङ। मुस्ताङको लोमान्थाङ गाउँपालिकास्थित नाम्डोक खोलामा पुल निर्माण भएको छ । बेनी–जोमसोम–कोरला सडक आयोजनामार्फत नाम्डोक खोलामा ५० मिटर लामो पुल निर्माण गरिएको हो।
पुल निर्माण गर्न मुक्तिनाथ–अमित जेभीले विसं २०७६ असार ३१ गते छ करोड ३७ लाखमा ठेक्का सम्झौता गरेको थियो। पुल निर्माणको काम पूरा भएर अब हस्तान्तरणको चरणमा रहेको आयोजनाले जनाएको छ।
दुई सय दुई किलोमिटर बेनी–जोमसोम कोरला सडकमा नाम्डोक खोलासहित थप छ वटा स्थानमा पुल निर्माण भएको छन् । बेनी–जोमसोम कोरला आयोजनाले पाँचवटा पुल निर्माण गर्न विभिन्न निर्माण कम्पनीसँग रु ३१ करोड ६२ लाखमा ठेक्का सम्झौता गरेको छ ।
पुल निर्माण भएसँगै सवारी साधन आवतजावतमा सहज भएको स्थानीयले बताएका छन्।