काठमाडौं। नेपाली कांग्रेसले बिहीबार (भोलि) महाधिवेशनस्थल भृकुटीमण्डप सरसफाइ गर्ने भएको छ। कांग्रेसले १४औँ महाधिवेशनमा भएको फोहोर सफाइ गर्न लागेको हो।
सरकारका पूर्व मुख्य सचिव लीलामणि पौडेलले भोलि बिहान ८ः३० बजेबाट सरसफाइ गर्ने कार्यक्रम रहेको बताए।
उनका अनुसार कांग्रेसका सूचना,सञ्चार तथा प्रचार विभाग प्रमुख तथा प्रवक्ता विश्वप्रकाश शर्माको उपस्थितिमा सरसफाइ अभियान सुरु गरिनेछ। महाधिवेशन स्थल पर्चा,पम्प्लेटले अहिले कुरूप बनेको छ। आफ्नो कार्यक्रम आफुहरुलेनै फोहोर बनाएको स्थान आफै सरसफाइ गर्ने उनको भनाइ छ।