धनगढी। जथाभावी फोहोर नफाल्न धनगढी उपमहानगरपालिकाले अनुरोध गरेको छ। यात्रुलाई जथाभावी फोहोर नफाल्न उपमहानगरपालिकाले अनुरोध गरेको हो।
छोटो तथा लामो दुरीका यात्रुवाहक गाडीमा सवार यात्रुलाई जथाभावी फोहोर नफाल्न अनुरोध गर्दै गाडीमा अनिवार्य रुपमा डस्टबिन राख्न पनि अनुरोध गरेको छ।
उपमहानगरपालिका क्षेत्रभित्र कहीँकतै कुनै पनि प्रकारका फोहोर फालेको पाइएमा रु. पाँच सय देखि रु. १५ हजारसम्म जरिमाना रहेको उपमहानगरपालिकाले जनाएको छ।
यात्रामा रहेका यात्रुवाहक बसहरुलाइ जथाभाबी फोहोर नफाल्न उपमहानगरपालिकाले माइकिङ गरेर प्रत्यक दिन सम्झाउने गरको बताइएको छ।