काठमाडौं। बञ्चरेडाँडाको ल्याण्डफिल साइटमा सीसीक्यामरा जडान गरिएको छ। साइटमा प्रवेश गर्ने सवारी साधन तथा व्यक्ति प्रवेशसहितका क्रियाकलापमा निगरानी गर्न सिसिक्यामरा जडान गरिएको हो।
अब ल्याण्डफिल साइटको निगरानी काठमाडौँ प्लाजाबाट नै गरिने भएको छ।
साइटमा निगरानी गरेर सम्भावित अनधिकृत क्रियाकलाप रोक्न प्रणाली जडान गरेको प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले बताए।
क्यामराबाट प्राप्त दृश्यहरू प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षबाट निगरानी हुनेछ । यससँगै वातावरण व्यवस्थापन विभागमा पनि दृश्य हेर्न सकिने बनाइएको छ ।