एजेन्सी। इजरायली हवाई आक्रमणमा परेर ३३ जना प्यालेस्टाइनीको मृत्यु भएको छ ।
शुक्रबार साँझ उत्तरी गाजा पट्टीको जबलिया शिविरमा आक्रमण गर्दा २१ जना महिलासहित ३३ जनाको मृत्यु भएको हो।
बम विस्फोटमा ८५ जनाभन्दा बढी घाइते भएको बताइएको छ। इजरायली सेनाले यस घटनाबारे हालसम्म कुनै प्रतिक्रिया दिएको छैन ।