काठमाडौं। घरको फोहोर सडकमा फ्याँक्ने व्यक्तिहरुलाई काठमाडौं महानगरपालिकाले जरिवाना तिराएको छ। काठमाडौं महानगरपालिका–१४ स्थित कुलेश्वरमा घरको फोहोर सडकमा फ्याल्ने कुबेर थापालाई महानगरले १० हजार जरिवाना तिराएको हो।
त्यसैगरी सोमबार सडक हिलो बनाएको भन्दै वडा नम्बर ४ स्थित मानश्री मार्गमा स्वता शाहलाई पनि महानगरले २५ हजार जरिवाना तिराएको छ।
महानगरले गत शुक्रबार दरबारमार्गमा सभा आयोजना गर्ने क्रममा फोहोर गरेको भन्दै सत्तारुढ दल नेकपा एमालेलाई पनि जरिवाना तोकेको छ।