काठमाडौं। नेपालगन्ज उपमहानगरपालिकाले सडकमा फोहोर फाल्ने मेडिकललाई जरिवाना तिराएको छ। स्वास्थ्यजन्य फोहोर सडकमा जथाभावि फालेपछि मंगलबार उपमहानगरले अङ्कित मेडिकल हल तथा अङ्कित अल्ट्रासाउन्डलाई पाँच हजार जरिवाना तिराएको हो।
स्वास्थ्य महाशाखा र नगर प्रहरीको टोलीले निरीक्षणका क्रममा सडकमै स्वास्थ्यजन्य फोहोर फालेको पाएपछि ‘नेपालगञ्ज उपमहानगरपालिकाको फोहोरमैला व्यवस्थापन ऐन २०७५’ बमोजिम पाँच हजार जरिवाना तिराएर कारबाही गरेको उपमहानगरले जनाएको छ।
स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्द, फार्मेसी अधिकृत डा. अस्मित आचार्य तथा नगर प्रहरी प्रमुख बोगटी र नगर प्रहरी सहायक निरीक्षक पवन कनोजियाको टोली अनुगमनमा गएको बेला सो फोहोर भेटिएको थियो।