काठमाडौं। सडकमा फोहोर फाल्नेलाई काठमाडौं महानगरपालिकाले जरिवाना तिराएको छ। काठमाडौं महानगरपालिकाले सडक पेटीमा फोहोर गर्ने एक मोटरसाइकल वर्कसपलाई एक हजार रुपैयाँ जरिबाना तिराएको हो ।
काठमाडौं महानगरपालिका–१ स्थित न्यू स्टार मोटरसाइकल वर्कसपलाई जरिबाना गरिएको महानगर प्रहरीले जनाएको छ । वर्कसपले सडक पेटीमा फोहोरमैला गरेको, पैदलयात्रुलाई हिँड्न असहज बनाएको पाइएपछि जरिबाना गरिएको महानगर प्रहरीको भनाइ छ ।