काठमाडौं। सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकामा रहेको सहरे र खहरेखोला जोडने ट्रस पुल निर्माण हुने भएको छ। स्टिलको पार्टपुर्जासहित सो पुल निर्माण हुन लागेको हो।
सो क्षेत्रमा पुल निर्माण भएपछि लामासोति यातायाता सञ्जालसँग जोडिने भएको छ। सहरे र खहरे खोलामा पुल नहुँदा लामासोती यातायातको पहुँचबाट बञ्चित रहेको छ। मेलम्ची नगरपालिका कायैपालिकाको कार्यलयले सो पुल निर्माण गर्न लागेको हो। खोलामा पुल नहुँदा स्थानीयले जोखिमपुर्ण यात्रा गर्नुपरेको छ। यसैगरी यातायातको साधन चढन पनि टाढा पुग्नुपर्ने लामासोतीबासीको बाध्यता हो।
वर्षातको समयमा खोलामा बाढी आउँदा खोला तर्न नै कठिन हुने नगरपालिकाले जनाएको छ। जोखिमपुर्ण यात्रा गर्दा स्थानीयले ज्यानसमेत गुमाउनु परेको दर्दनाक घटनालाई अन्त्य गर्ने उद्देश्यले नगरपालिकाले सो योजनालाई अघि बढाएको हो। नगरपालिकाको कार्यलयले पुल निर्माणको लागि ठेक्का आह्वान समेत गरिसकेको छ। अब छिट्टै पुल निर्माण कार्यलाई पुर्णता दिएर लामासोतीलाई पनि यातयातसँग जोड्ने नगरपालिकाको लक्ष्य रहेको छ।