पर्सा । वीरगञ्ज महानगरपालिकामा तीव्र गतिमा मुख्य नाला सरसफाईको काम भइरहेको छ । महानगरका तीनवटा स्काभेटर र थप चेन स्काभेटरको माध्यमबाट नाला सफाईको काम भइरहेको हो ।
वर्षाको समयमा बजार डुबान हुनबाट बचाउन महानगरले पूर्व तयारीका लागि मुख्य नाला सरसफाईलाई प्राथमिकतामा राखेर काम गरिरहेको हो ।
छपकैयास्थित पानी प्रशोधन केन्द्रदेखि उत्तरतर्फ सफाईको कम सकेर अहिले दक्षिणतर्फ भन्सारसम्म सफाईको काम चलिरहेको छ । स्काभेटरले सफाई गर्न सक्ने ठाउँमा स्काभेटर र स्काभेटरले गर्न नसक्ने ठाउँमा मान्छे नै लगाएर सफाई गरिरहेको महानगरले जनाएको छ।