काठमाडौं। ललितपुर महानगरपालिका वडा नं.२१ ले राजकुलो सरसफाइ कार्यक्रममा सहभागी हुन आग्रह गरेको छ ।
मंगलबार वडाले एक सूचना जारी गर्दै खोकना स्थित परम्परागत राजकुलो वर्षे बालीको लागि पानी संचालमा ल्याउन वडावासीहरूलाई आवश्यक सामाग्री सहित उपस्थित हुन अनुरोध गरेको हो ।
सरसफाइ कार्यक्रम आगामी जेठ ४ गते आइतबार बिहान १० बजेदेखि सुरु हुने जनाइएको छ ।