काठमाडौं । काठमाडौंको शङ्खधर उद्यान (रत्नपार्क) व्यवस्थित बनेसँगै अब जाडो याममा घाम ताप्दै निःशुल्क इन्टरनेट चलाउन पाइने भएको छ ।
काठमाडौं महानगरपालिका अन्तर्गतको हरियाली प्रवद्र्धन आयोजनाले रत्नपार्कमा नेपाल टेलिकमका ६ वटा राउटरमार्फत ५०० एमविपिएस क्षमताको निःशुल्क वाइफाइ जडान कार्य सुरु गरेको छ ।
शंखधर उद्यान तथा रानीपोखरी एकाइका टेक्निसियन सुरेशकुमार श्रेष्ठका अनुसार मङ्सिरभित्रै रत्नपार्कको सबै स्थानमा निःशुल्क इन्टरनेट सेवा प्रदान गरिनेछ ।
करिब ८० लाखको लागत मा पुनःनिर्माण र व्यवस्थापन गरिएपछि रत्नपार्क (हाल शङ्खधर पार्क) मा युवायुवती तस्बिर खिच्न, रमाउन तथा वृद्धवृद्धा घाम ताप्न जानेहरूको सङ्ख्या उल्लेख्य बढेको छ ।