कैलाली र बर्दिया जोड्ने हुलाकी राजमार्गअन्तर्गतको कर्णाली नदीस्थित सत्ती पुल दुई हप्ताको लागी बन्द गरिने भएको छ। जिल्ला प्रशासन कार्यालय बर्दियाले पुलको मर्मत गर्दा आउजाउ नहुने एक सुचनामा जारी गर्दै बताएको छ।
जिल्ला प्रशासन कार्यालयका बर्दीयाका अनुसार २० गतेसम्म मर्मत कार्य सम्पन्न गर्ने उद्धेश्य रहेको हुनाले यस अवधिभर आउजाउ गर्ने कार्य बन्द गरिएको हो। कर्णाली नदीमा पानीको बहाव यो वर्ष अत्याधिक भएको कारणले लगभग ६ इन्च जति पुर्व तर्फका दुई वटा स्पान जोड्ने भाग छुट्टिएका थिए,जसले गर्दा यो वर्ष मात्रै दुइपटक सर्वसाधारण लगाएत सवारीसाधन आवतजावतमा बन्द गरिएको थियो। पुर्वीय क्षेत्रमा कर्णाली पुलको निर्माण पछिनै पानीको बहाव बढी हुने भएकाले वर्षेनि तटबन्ध भत्कने गरेको थियो।
स्थानीयवासीका अनुसार विगतका वर्षदेखी तटबन्ध बगाउन सक्ने भन्दै पुलको पुर्वतर्फ दुईवटा पिलर थप गर्न पहल गर्दा पनि सुनुवाई भएको छैन। यो वर्ष पुल जोगाउनको लागी मर्मतको काम भएको बताउदै आउने हिउँदमा कर्णालीको बीच भागमा रहेको ग्राभेल र बालुवा रहेको भाग हटाइएमा पानीको बहाव फैलीने र पुलमा कम क्षती हुने स्थानीयले बताए।
१३ स्पान रहेको उक्त पुल विसं २०७१ मा निर्माण भएको हो जसको लम्बाई लम्बाई ५३१ मिटर रहेको छ। यो वर्ष पारीपट्टिको भागमा ठूलो ढुङ्गा हाल्ने काम भएकाले पुलको संरक्षणमा सहयोग पुगेको थियो।