काठमाडौं। सोलुखुम्बुको सोताङ्ग गाउँपालिकाको हुङ्गे खोलामा ट्रस पुल निर्माण हुने भएको छ। गाउँ कार्यपालिकाको कार्यलयले सो स्थानमा पुल निर्माण गर्ने भएको हो।
उक्त खोलामा पुल नहुँदा स्थानीयहरुले यात्रा गर्दा सास्ती झेल्दै आएका छन्। वर्षातको समयमा बाढी आउँदा खोलामा जोखिम मोलेर नै यात्रा गर्नुपर्ने बाध्यता रहेको छ। यी समस्याहरुलाई समाधान गर्नको लागि हुङ्गे खोलामा ट्रस पुल निर्माणको लागि गाउँपालिकाले बोलपत्र आह्वान गरेको छ।
सो खोलामा पुल निर्माण भएपछि यात्रा गर्न सहज हुने साथै सोताङ्ग गाउँ यातायात सञ्जालसँग पनि जोडिनेछ। खोलामा पुल निर्माण हुने कुराले स्थानीयहरु खुसी भएका छन्।