अर्घाखाँची । अविरल वर्षासँगै पहिरो खसेपछि सालझन्डी–सन्धिखर्क–ढोरपाटन सडक खण्ड पूर्णरूपमा अवरुद्ध भएको छ।
मालारानी गाउँपालिका–५ को भण्डार–छरछरे क्षेत्रमा पहिरो खसेपछि सडक अवरुद्ध भएको वडा अध्यक्ष तिलक मिश्रले जानकारी दिए।
सडक अवरुद्ध भएपछि उक्त मार्ग हुँदै चल्ने सवारीसाधन तथा यात्रुलाई समस्या भएको छ। तत्कालका लागि वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ।
वर्षा जारी रहेकाले सडक आसपास थप पहिरोको जोखिम रहेकाले सावधानी अपनाउनसमेत आग्रह गरिएको छ।