काठमाडौं। समयमै पुल निर्माण सम्पन्न नगर्ने ठेकेदार कम्पनीलाई सडक विभागले स्पष्टीकरण सोधेको छ। विभागले सिरुवा/कबिर/सुनकोशी जेभी र पप्पु/मल्ल जेभीलाई स्पष्टीकरण सोधेको हो।
सुनकोशी जभीले दैलेखमा जाक्सी खोलामा आरसीसी पुल निर्माण गरिरहेको छ। उक्त पुलको ठेक्का सम्झौता २०७० साउन ४ गते विभागसँग भएको थियो। जुन २०७७ असार ३ गते निर्माण सम्पन्न गर्नुपर्ने थियो। तर पटक पटक समय थप्दा पनी अहिले सम्म ७५ प्रतिशत मात्र काम सम्पन्न भएको छ।
यस्तै पप्पु मल्ल जेभीले सुर्खेतको भेरी नदीमाथी मोटर हिड्ने स्टील पुल निर्माण गरिरहेको छ। उक्त पुलको ठेक्का सम्झौता २०६९ असार २९ गते भएको थियो। यो पुल २०७७ पुस २८ गतेसम्म निर्माण सम्पन्न गर्नुपर्ने भएतापनी पटक पटक म्याद थप भएपनि अहिलेसम्म २५ प्रतिशत भन्दा बढी काम सकिएको छैन।
सात दिनभित्र चित्त बुझदो जवाफ नआए विभागले कानुन सार्वजनिक खरिद ऐन २०६३ अनुसार सम्झौता रद्ध गरी जमानत जफत गरेर कालोसूचीमा राख्ने चेतावनी दिएको छ।