काठमाडौं। जाजरकोट र रुकुम पश्चिमलाई जोड्ने भेरी नदीको पुल निर्माण अलमत्र भएको छ। निर्माण सुरु गरेको दस वर्ष भइसक्दा पनि निर्माण सम्पन्न हुन नसकेको हो।
निर्माण व्यवसायीको लापरबाहीले लामो समयदेखि उक्त पुल निर्माणको काम अलपत्र परेको बताइएको छ। सो पुल निर्माणमा भएको ढिलाइले रुकुम र जाजरकोट दुई जिल्लाको सडक सञ्जाल पनि जोडिन सकेको छैन।
२०६९ मा वाइपी कन्स्ट्रक्सन ललितपुरले १३ करोड ४७ लाख रुपियाँको लागतमा तीन वर्षमा निर्माण गर्ने सम्झौता भएतापनि अहिलेसम्म दुईवटा पिल्लरको आधाभन्दा कम काम मात्र भएको छ।
पुलको अभावले सर्वसाधारणलाई आवतजावतमा समस्या भएको छ। पटकपटक ताकेता गर्दा पनी निर्माण कम्पनीले बेवास्ता गरेपछी समस्या भोग्नु परेको स्थानीयको भनाइ छ।