काठमाडौं- गएरातीबाट परेको लगातार वर्षाका कारण राजधानीका विभिन्न स्थानहरु डुबानमा परेको छ । यसरी परेको अबिरल बर्षाले विष्णुमती, बागमती, धोबीखोला लगायतका क्षेत्र डुबानमा पर्नुका साथै ती नदीहरुमा पानीको सतह बढेको छ ।
उक्त वर्षाका कारण सडक समेत डुबानमा परी सवारि साधन आवतजावतमा अबरुद्ध भयको छ । प्रहरी प्रवक्ता बसन्त कुँबरले राजधानीका सुन्दरीघाट, धोबीखोला किनार र बागमती नदी आसपासका बस्तीहरु डुवानमा परेपनि मानवीय क्षतिको कुनै विवरण नआएको बताउनुभयो ।
मौसम पूर्वानुमान महाशाखाका सहायक मौसमविद् सुरेश ताम्राकारका अनुसार आज रातिसम्मपनि पानि पर्ने सम्भाबना रहेको छ ।