काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले फोहोर व्यवस्थापन गरी काठमाडौंलाई सुन्दर सहर बनाउनुपर्ने बताएका छन्। मंगलबार काठमाडौंमा आयोजित राष्ट्रिय सहरी नीति, सहरी विकास ऐन र युटिलिटी करिडोर ऐन तर्जुमासम्बन्धी परामर्श गोष्ठी लाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन्।
फोहोर व्यवस्थापनमा विभिन्न वैकल्पिक उपाय अपाउनुपर्ने उल्लेख गर्दै प्रधानमन्त्रीले काठमाडौंलाई सुन्दर बनाउन सबै मिलेर काम गर्नुपर्ने बताए। फोहोर व्यवस्थापनबाट ग्यास र बिजुली निकाल्न सकिन्छ भन्ने मैले धरानमा देखेर आएको छु, उनले भने, यसबाट सहरका बासिन्दाले फाइदा लिन सक्नेछन्। काठमाडौंलाई सुन्दर सहर बनाउन सकिन्छ। यसमा सबै मिलेर काम गरौँ। सुन्दर सहर काठमाडौंमा जताततै फोहोर फाल्दा हामी सबैका लागि लाजमर्दो कुरा भएको उनले बताए।