काठमाडौं। काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा पुनः अवरोध भएको छ। मुड्कु–तीनपिप्लेका स्थानीयले शहरी विकास मन्त्री रामकुमारी झाँक्रीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै आइतबार सडक बन्द गरेपछि फोहोर व्यवस्थापनमा अवरोध भएको हो।
पासाङ ल्हामु सडक सुधार संघर्ष समितिले केही दिनअघि एउटा कार्यक्रममा सहरी विकास मन्त्री झाँक्रीले काठमाडौं महानगरपालीकाले पैसा दिउञ्जेल बाटो खुल्ने पैसा दिन छाडेपछि सडक बन्द गर्ने भनेर अभिव्यक्ति दिएकोमा आपत्ति जनाएको छ। माफी नमागेसम्म अवरुद्ध गर्ने बताइएको छ।
सार्वजनिक सवारी साधनलाई आवत जावतमा पनि प्रतिबन्ध लगाइएको छ। समयमै सडक कालोपत्रे नगरेको भन्दै स्थानीयले पटक–पटक सडक अवरोध गर्दै आएका छन्। यसअघि फागुनमा १४ दिनसम्म स्थानीयले अवरोध गर्दा फोहोर फाल्न सकिएको थिएन।