काठमाडौं। उपत्यकाको फोहर फेरि उठ्न छोडेको छ। महानगरको चोक–चोकमा तीनदेखि फोहर थुप्रिन थालेको हो।
महानगरबाट मात्रै होइन अन्य स्थानीय तहबाट पनि तीनदिन देखि उपत्यकाको फोहोर उठ्न र नुवाकोटको सिसडोल पुग्न नसकेको हो। काठमाडौं उपत्यकाबाट दैनिक १२ सय मेट्रिक टन फोहोर उठ्ने गरेको महानगरले जनाएको छ। फोहोर नउठ्दा सहरका मुख्य मुख्य चोक–चोकमा फोहर थुप्रिन थालेको छ।
तीनपिप्ले सडकखण्डका स्थानीयका अवरोधका कारण काठमाडौँ उपत्यकाबाट पुनः फोहोर उठ्न छोडेको छ। ठेकेदारले सडक समयमा निर्माण नगरेको भन्दै स्थनीयबासीले तीनदेखि अवरोध गरेकाले उपत्यकाबाट फोहोर उठ्न नसकेको हो।