सुदुरपश्चिमको दुर्गम ठाउँ बाजुरा जिल्लामा रहेको बाउली खोलामा पुल निर्माण हुने भएको छ । उक्त जिल्लाको बाडिमालिका नगरपालिकामा रहेको बाउली खोलामा पुल नहुदाँ आवतजावतमा निकै समस्या हुदैँ आएको थियो ।
हिउँदको समयमा खोलाबाट नै गाडी आवतजावत गर्ने भएतापनि बर्खाको समयमा खोलामा पानिको बहाव बढ्ने र बाढी आउने हुदाँ उक्त ठाउँका स्थानिय वासिन्दाले आफ्नो ज्यान जोखिममा राखेर खोला बाट आवतजावत गर्दै आएका थिए ।
नेपाल सरकारको सडक विभाग अन्तर्गत सडक डिभिजन साफेवगर कार्यालयको माताहतमा करिब ६ करोड १० लाखको लागतमा निर्माण हुने उक्त पुल बाडिमालिका नगरपालिकाको साफे मार्तादी कोल्टि सडक खण्डमा पर्नेछ ।
उक्त पुल निर्माण सगैँ यस ठाउँमा आर्थिक विकासमा टेवा पुग्नेछ , साथै त्यस ठाउँका स्थानिय वासिन्दामा पनि खुसि छाएको छ ।