काठमाडौं। जगदुल्ला हाईड्रोपावर कम्पनी लिमिटेडले कर्मचारी नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ। कम्पनीले करार सेवाका लागि आवेदन आह्वान गरेको हो।
रिक्त रहेका पदहरुमा खुल्ला प्रतिस्पर्धाद्धारा करार सेवामा सो कम्पनीले कर्मचारी नियुक्त गर्न लागेको हो। योग्यता पुगेका ईच्छुक नागरिकले २१ वर्ष पुरा गरी ४५ वर्ष ननाघेका बाट यो सूचना प्रकाशित भएको १५औँ दिन भित्र आवश्यक विवरणहरु सहित दरखस्त दिनु पर्ने छ।
