काठमाडौं। नेपाल सरकार आन्तिरिक राजस्व कार्यालय महेन्द्रनगरले राजस्व नबुझाउने निर्माण कम्पनी सहित ६० वटा कम्पनीको नामावली सार्वजानिक गरेको छ। पटक पटक सम्पर्क गर्दा पनि राजस्व नबुझाएपछि नामावली सार्वजानिक गरेको हो।
यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्रमा कार्यालयमा बक्यौता कर रकम दाखिलाको सम्पर्क राख्न हुन वा दाखिला प्रमाण भए पेश गर्न कार्यालयले जानकारी गराएको छ। अन्यथा कानूनी कारबाहीको प्रक्रिया अगाडी बढाईने कार्यालयले जनाएको छ।
