काठमाडौं। प्रदेश सरकार भौतिक पुर्वाधार विकास मन्त्रालय, पूर्वाधार विकास कार्यालय साँफेबगर अछामले ४ वटा निर्माण कम्पनीको ठेक्का तोड्ने चेतावनी दिएको छ। कार्यालयले तोकिएको समयमा सडक निर्माण नगर्ने निर्माण कम्पनीको ठेक्का तोड्ने चेतावनी दिएको हो।
निर्माण कार्य गर्नका लागि पटक पटक लिखित तथा मौखिक अनुरोध गर्दा समेत लामो समय सम्म निर्माण कार्य सम्पन्न गर्ने तर्फ कुनै प्रयास नगरेपछि सार्वजानिक खरिद ऐन तथा नियमावली र ठेक्का सम्झौताको सर्त बमोजिम ठेक्का तोड्ने चेतावनी दिएको कार्यालयले जनाएको छ।
ठेक्का नतोड्नु पर्ने यदि कुनै मानबिय कारण भएमा यो सूचना प्रकाशित भएको सात दिन भित्र विश्वसनिय स्पपष्टीकरण सहित कार्यालयमा अधिकारिक प्रतिनिधि उपस्थित हुन कार्यालयले निर्देशन दिएको छ।
अन्यथा ठेक्का सम्झौताका शर्त, सार्वजानिक खरिद ऐन, नियमावली र प्रचलित कानून बमोजिम ठेक्का तोड्ने प्रक्रिया अगाडी बढाईने कार्यालयले जनाएको छ।
