काठमाडौं। नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सडक विभाग, गल्छी त्रिशुली मैलुङ स्याफ्रुबेसी रसुवागढी सडक योजना नुवाकोटले निर्माण कम्पनीलाई ठेक्का तोडी कालोसूचिमा राख्ने चेतावनी दिएको छ। निर्माण कार्य बन्द गर्ने निर्माण कम्पनीलाई कालोसूचिमा राख्ने चेतावनी दिएको हो।
निर्माण कार्य सन्तोषजनक प्रगति नभएको भनि प्रथम पटक सूचना प्रकाशित गरिएकोमा केही समयमात्र साईट सञ्चालन गरी निर्माण कार्य बन्द गरिएको आयोजनाले जनाएको छ। काममा चासो नदेखाएपछि पुनः यो सूचना प्रकाशित गरिएको हो। यो सूचना प्रकाशित भएको मितिबाट सात दिन भित्रमा के कारणले निर्माण कार्य बन्द गरिएको हो उचित कारण सहित कार्यालयमा उपस्थित हुन कार्यालयले निर्देशन दिएको छ।
तोकिएको समयअवधि भित्र उचित कारण सहित उपस्थित नभएको खण्डमा प्रचलित कानुन अथवा ठेक्का सम्झौता अनुसार ठेक्का तोडि कालोसूचिमा राखिने कार्यालयले जनाएको छ।
