काठमाडौं। नेपाल सरकार सशस्त्र प्रहरी बल, नेपाल नं. २९ गण हेड क्वाटर दाङले निर्माण कम्पनीको ठेक्का तोड्ने चेतावनी दिएको छ। सो कार्यालयले समयमा काम नगर्ने निर्माण कम्पनीको ठेक्का तोड्ने चेतावनी दिएको हो।
कार्यालयबाट निर्माण सम्पन्न गर्न पटक पटक ताकेता गर्दा पनि निर्माण कार्य सम्पन्न नगरेको कार्यालयले जनाएको छ। यदि निर्माण कार्य नगर्नुमा कुनै पनि मानविय कारण भएमा यो सूचना प्रकाशित भएको मितिबाट सात दिन भित्रमा स्पष्टीकरण सहित कार्यालयमा उपस्थित हुन कार्यालयले अनुरोध गरेको छ। अन्यथा ठेक्का रद्द गरिने कार्यालयले जनाएको छ।
