काठमाडौं। नेपाल सरकार सडक डिभिजन कार्यालय लहानले निर्माण कार्य सम्पन्न नगर्ने निर्माण कम्पनीलाई कारवाहीको चेतावनी दिएको छ।कार्यालयले १८ वटा निर्माण कम्पनीलाई कारवाहिको चेतावनी दिएको हो।
पटक पटक निर्देशन दिदाँ पनि निर्माण कार्य गर्ने तर्फ अग्रसर नदेखिएको कार्यालयले जनाएको छ। ठेक्का तोड्नु नपर्ने केही कारण भए यो सूचना प्रकाशित भएको १५ दिन भित्रमा कार्यालयमा विश्वसिनय स्पष्टीकरण सहित उपस्थित हुन अनुरोध गरिएको छ। अन्यथा कारवाहिको प्रक्रिया अघि बढाईने कार्यालयले जनाएको छ।